काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन्।
विहिबार गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ रहेका छन् । त्यसैगरी बढुवा सूचीमा लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डाक्टर मनोज केसी रहेका छन् ।
दिपक थापा आईजीपीमा बढुवा र उनका ब्याचमेट एआईजीहरु टेक राई, बुद्धि गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई अनिर्वाय अवकाशमा गएसँगै नेपाल प्रहरीमा एआइजीको ६ दरबन्दी रिक्त थियो ।
यता, २०५३ सालमा फुलिस्केपमा निवेदन लेखेर कांग्रेस नेताको तोकादेशका भरमा राष्ट्रिय अनुसन्धान बिभागमा भर्ना भएका ५ डीआईजी पनि एआईजी बढुवामा पर्न जोडबल गरिरहेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई बढुवा नै गराएनन् ।
ती पाँच डीआईजीहरुमा सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, डम्बर विक र हिमालय श्रेष्ठ छन् । उनीहरु २०५८ मा राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा जस्केलाबाट छिरेर २०६० मा नेपाल प्रहरीको सपथ लिएका थिए ।
Leave a Reply