Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • लगातार बढ्यो नेप्से

    लगातार बढ्यो नेप्से

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०८२
  • 198
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंक बढेको छ ।

    आज बढेसँगै नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ । कारोबारकै क्रममा दिउँसो १ः ४५ बजे नेप्से २७४० अंकसम्म पुगेको थियो ।



    बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज १० अर्ब ७९ करोडको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो ।

    आज व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । व्यापार ०.१५ प्रतिशत घट्यो । लगानी समूह सबैभन्दा धेरै २.९९ प्रतिशत बढ्यो ।

    बैंकिङ १.१४, विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६, अन्य ०.३७ प्रतिशत बढे ।

    नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।

    एचआईडीसीएलको ६.८२, सुपरमादी हाइड्रोपावरको ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशत मूल्य बढ्यो ।

    बोटलर्स नेपाल बालाजुको मूल्य ४.४ प्रतिशत घट्यो । आज हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

    त्यसपछि धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एचआईडीसीएल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार