काठमाडौं । नेपाली मौलिक सांगीतिक क्षेत्रमा नयाँ सिर्जना प्रस्तुत गर्दै आएको समिप इन्टरटेनमेन्ट प्रालिले आफ्नो प्रस्तुती ‘युके लान्छु रेलिमै’ बोलको अर्को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
हालै समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा सचिन भट्टराई र शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ।
यस गीतका लय र शब्द पनि गायक सचिन भट्टराई स्वयंले तयार गरेका हुन्, भने म्युजिक भिडियोमा सुनिल न्यौपाने, गरिमा शर्मा, सरोज पौडेल, भीमार्जुन ओली, निक्सन लोहनी, र रबिना पाण्डेले अभिनय गरेका छन्।
भिडियोको निर्देशन भने दिलिप समानले गरेका हुन्। सांस्कृतिक र पारम्परिक भावनालाई समेट्दै तयार पारिएको यो गीतले नेपाली जनजीवनको परिवेश झल्काउँछ।
‘यु के लान्छु रेलीमै’ गीतले विशेषगरी नेपाली समुदायमा विदेश यात्रा, प्रेम, र सामाजिक परिवेशको यथार्थतालाई चित्रण गर्न खोजेको समिप इन्टरटेनमेन्टकी अध्यक्ष मीना बर्तौलाले बताइन् ।
गीत सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
समिप इन्टरटेनमेन्टले यसअघि ‘सुनकोशी बग्यो सलल…’, ‘ए दिदी भिनाजु खै’, ‘पान पुतली माया’, ‘टुङ्नाको धुन’लगायतका म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेको छ ।
Leave a Reply