Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • रामेछापबाट लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या, काठमाडौंमा ‘फोर्स ल्याण्डिङ’

    रामेछापबाट लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या, काठमाडौंमा ‘फोर्स ल्याण्डिङ’

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०८२
  • 327
    SHARES

    काठमाडौं । रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं फर्काएर अवतरण गराइएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाजमा हायड्रोलिक समस्या देखिएपछि काठमाडौंमा अवतरण गराइएको हो ।



    जसको कारण त्रिभुवन विमानस्थलमा केही समय उडान अवतरण रोक्नु परेको विमानस्थलले जनाएको छ ।

    हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमा रोकिने हुन्छ । त्यसपछि जहाजलाई सुरक्षित रुपमा बाहिर निकालेर उडान अवतरण सुरु गरिएको छ ।

    अहिले जहाजको प्राविधिक जाँच समेत भइरहेको बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार