Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • विद्यालय शिक्षा विधेयक पारित गर्न संसद बैठक आह्वान गर्ने सरकारको निर्णय

    विद्यालय शिक्षा विधेयक पारित गर्न संसद बैठक आह्वान गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०८२
  • 330
    SHARES

    काठमाडौं । सरकारले संघीय संसद्को बजेट अधिवेशन वैशाख १२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मंगलबार राति बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।



    संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ ।

    बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनप्रति सरकार संवेदनशील रहेको जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार