Online Nepal
  • बुधबार, १७ बैशाख २०८२
  • म कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे होइन : जगमान गुरुङ

    म कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे होइन : जगमान गुरुङ

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 330
    SHARES

    काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आफूहरू उत्तेजित नहुने बताएका छन् ।

    फेसबुकमा स्टाटस लेख्दै गुरुङले आफू कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे नभएको बताएका हुन्।



    आफूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजा उचाल्न पठाएको भन्ने अभिव्यक्ति देखेको भन्दै उनले सो टिप्पणी गरे ।

    गुरुङ लेख्छन्, ‘उत्ताउलो कुकुर सम्साँझै भुक्छ भनेजस्तै म त्यस्तो उत्ताउलो काम कुरा गर्ने मान्छे होइन । त्यसकारण मैले त्यस प्रकारको आह्वान गरेको पनि छैन । परिआएको खण्डमा म स्वयंले श्रव्यदृश्य माध्यमबाट आह्वान गर्नेछु ।धीर उदात्तभाव र सत्कर्ममा नै हाम्रो भविष्य र सफलता निहीत छ । त्यसकारण मेरो नामबाट यस्ता अनर्गल र सस्तो लोकप्रियताका लागि प्रचार प्रसार नगर्न सबैलाई अनुरोध गर्दछु । त्यस्तो अनर्गल प्रचार प्रसारको पछि नलाग्न पनि सबैलाई सचेत गराउँद छु ।’

    गुरुङले आफ्नो नाम र फोटो राखेर वैशाख २२ गते श्री ५ ज्ञानेन्द्रको राज्याभिषेक गर्न सूचना पनि गलत भएको बताए । आफूहरूमा उत्ताउलो र उत्तेजितपन हुनु नहुने गुरुङले बताएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार