Online Nepal
  • शुक्रबार, १२ बैशाख २०८२
  • शिक्षकका माग सम्बोधन गर्न सभामुख घिमिरेले गराए सरकार र समितिको ध्यानाकर्षण

    शिक्षकका माग सम्बोधन गर्न सभामुख घिमिरेले गराए सरकार र समितिको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 264
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग छलफल गरेका छन् ।

    सभामुख घिमिरेले आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी तथा समितिको प्रगतिबारे उनीहरुसँग छलफल गरेका हुन् ।



    भेटमा शिक्षा मन्त्रीले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको जानकारी दिइन् ।

    शुक्रबार भएको भेटमा सभामुख घिमिरेले शिक्षकका मागबारे गम्भीर भएर काम गर्न सरकार र समितिको ध्यानाकर्षण गराएका छन् ।

    नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंको बिजुलीबजारमा १३ दिनदेखि सडक आन्दोलनमा उत्रेका शिक्षकहरूले सरकारले मागको सुनुवाइ नगरेसम्म कक्षा १२ को परीक्षालाई बहिष्कार गर्ने निर्णय गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार