Online Nepal
  • सोमबार, ८ बैशाख २०८२
  • आन्दोलनरत शिक्षक अगुवासँग गगन र विश्वप्रकाशले गरे छलफल

    आन्दोलनरत शिक्षक अगुवासँग गगन र विश्वप्रकाशले गरे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 375
    SHARES

    काठमाडौं । आन्दोलन गरिरहेका शिक्षक अगुवासँग नेपाली कांग्रेसका दुईजना महामन्त्रीले आज छलफल गरेका छन् ।

    कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा शिक्षकहरुसँग छलफल गरेका हुन् ।



    शिक्षकहरु विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने सहितका विभिन्न माग लिएर विगत दुई सातादेखि काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा छन् ।

    उनीहरुसँग आज कांग्रेस महामन्त्रीहरुले छलफल गरेका हुन् । छलफलका क्रममा उनीहरुले शिक्षकका माग सम्बोधनको लागि पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।

    आन्दोलनरत शिक्षकहरुसँग सरकारले यसबीचमा दुईपटक वार्ता गरे पनि कुनै निष्कर्ष निस्किएको छैन ।

    नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौँको माईतीघर मण्डलमा भेला भएर शिक्षकहरुले अनिश्चितकालीन शैक्षिक हड्तालसहित आन्दोलन गरिहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार