नवलपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू नवलपुर पुगेका छन् ।
हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेश जागरण अभियान बोकेर उनीहरु नवलपुर पुगेका हुन् ।
अभियानमा माओवादीले जनताको घरदैलोमा पुगेर उनीहरूको समस्या सुनिरहेको छ ।
अभियानका क्रममा नवलपुर पुगेका प्रचण्डले मंगलबार बिहान गैँडाकोटमा मर्निङ वाक गरेका छन् ।
उनीसँगै माओवादी प्रवक्ता अग्नि सापकोटा पनि सहभागी थिए ।
Leave a Reply