काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीलाई हराउँदै धनगढी एफसी प्लेअफमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको दोस्रो खेलमा धनगढी एफसीले झापा एफसीलाई १-० ले पराजित गरेको हो ।
दोस्रो हाफको ६० औँ मिनेटमा दिपेश धिमालको खुट्टामा लाग्दै गोल हुँदा झापाले आत्मघाती गोल बेहोरेको हो ।
धनगढी प्लेअफ पुग्ने दोस्रो टिम बनेको छ। यसअघि नै ललितपुर सिटी एफसी प्लेअफ पुगिसकेको छ।
दुईवटा टोली प्ले अफ पुगिसक्दा अन्य दुई टोलीको भने टुङ्गो लाग्न बाँकी नै छ ।
Leave a Reply