काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा सोमबार नेताहरूले एकअर्कालाई सिस्नु लगाएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा एमालेका शीर्ष नेताहरूले एकअर्कालाई सिस्नु लगाएर ‘बिसु पर्व’ मनाएका हुन् ।
एमाले सचिव लेखनाथ भट्ट सुदूरपश्चिमका हुन् । उनको पहलमा एमाले सचिवालय बैठकमा सिस्नु लगाउने र मिठाइ खाने काम भएको बताइएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सबैलाई सिस्नु लगाएर नयाँ वर्षको शुभकामना दिएका थिए ।
Leave a Reply