Online Nepal
  • बुधबार, १० बैशाख २०८२
  • राजसंस्थाका पक्षमा नारा लगाउने अमेरिकी नागरिक निष्कासित, नेपाल प्रवेशमा २ वर्ष प्रतिबन्ध

    राजसंस्थाका पक्षमा नारा लगाउने अमेरिकी नागरिक निष्कासित, नेपाल प्रवेशमा २ वर्ष प्रतिबन्ध

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०८२
  • 387
    SHARES

    काठमाडौं । राजसंस्थाको पक्षमा र सरकारविरुद्ध नाराबाजी गर्ने अमेरिकी नागरिकलाई (डीपोर्ट) गरिने भएको छ ।

    गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको हो ।



    १४ चैतमा माइतीघरमा राजसंस्थाका पक्षमा नारा लगाउँदै आक्रामक भएपछि ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको थियो ।

    त्यसपछि प्रहरीले अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएको थियो । आइतबार गृह मन्त्रालयले डिपोर्ट गर्ने निर्णयसहित फाइल पठाएको छ ।

    ब्लिसले बयानका क्रममा आफ्नो उद्देश्य हिन्दु धर्म संरक्षणसँगै गाईको रक्षा गर्नुपर्ने, मानव बेचबिखनका विषयमा महिला तथा बालबालिका जोगाउनुपर्नेबारे वकालत गर्दै आएको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार