Online Nepal
  • बुधबार, १० बैशाख २०८२
  • सुदूरपश्चिमको भाषा हरायो, भाषा हराए समाज कमजोर र विखण्डित हुन्छ : देउवा

    सुदूरपश्चिमको भाषा हरायो, भाषा हराए समाज कमजोर र विखण्डित हुन्छ : देउवा

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०८२
  • 315
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएको बताएका छन् ।

    देउडा समाज केन्द्रीय कार्यालयले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउवाखेल तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।



    उनले भाषा हराउँदै जानु चिन्ताको विषय भएको बताए । उनले भाषा हराए समाज कमजोर र विखण्डित हुने समेत बताए।

    सभापति देउवाले भने,‘जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर हुन्छ । समाज विखण्डित हुन्छ भन्ने भनाइ छ।हामीले आफ्नै भाषा बोल्न छाडेका छौं । हामी सबै नेपाली बोल्न थालेका छौं। अझ कतिले त आफ्ना छोराछोरीसँग नेपालीमा पनि होइन, अंग्रेजीमा बोल्ने गरेका छन्।’

    देउवाले संसारभर भाषा बचाउने अभियान र संघर्ष चलिरहेको भन्दै आफ्नो भाषा बचाउन लाग्नु पर्ने बताए। उनले भाषासँगै सुदूरपश्चिमको संस्कृति जोगाउन पनि सबै लाग्नु पर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार