उदयपुर । उदयपुर प्रहरीले १८० किलो अवैध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका वडा नम्बर ८ सप्तकोशी किनारबाट बेवारिसे अवस्थामा गएराति गाँजा बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले ६ वटा बोराभित्र प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको बताइएको छ ।
उक्त गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ । संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply