काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानभन्दा माथि कोही नभएको बताएका छन् ।
काभ्रेमा स्वास्थ्य चौकी भवन उद्घाटन तथा बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सबै नागरिक संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिए ।
गणतान्त्रिक शासन व्यवस्था स्थापना भएपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको पनि उनको दाबी छ ।
Leave a Reply