Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • चारदेशीय टी-२० शृङ्खला : कुवेतले दियो नेपाललाई १७५ रनको लक्ष्य

    चारदेशीय टी-२० शृङ्खला : कुवेतले दियो नेपाललाई १७५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, ३१ चैत्र २०८१
  • 216
    SHARES

    काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा कुवेतले नेपालाई १७५ रनको लक्ष्य दिएको छ।

    नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।



    कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए ।

    क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए ।

    बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार