Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • चारदेशीय टी-२० शृङ्खला : कुवेतविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

    चारदेशीय टी-२० शृङ्खला : कुवेतविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, ३१ चैत्र २०८१
  • 138
    SHARES

    काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले कुवेतविरुद्ध पहिला बलिङ गर्ने भएको छ।

    टस जितेर नेपालले कुवेतलाई ब्याटिङको निम्तो दिएको हो । शनिबार खेल वर्षाले प्रभावित पारेपछि नेपाली टिम हङकङसँग नतिजाविहीन हुँदै अंक तालिकाको शीर्षमा रहेका कारण फाइलनमा पुगेको थियो।



    पहिलो दुई खेल जितेको नेपाल अपराजित रहेर ५ अंकसहित शीर्षस्थानमा थियो । दुई खेल जितेको कुवेतको ४, हङकङको ३ अंक रहयो ।

    कुवेतले शनिबार कतारलाई ६ विकेटले पराजित गरी नेपालसँग आइतबार हुने फाइनल भेट निश्चित गरेको थियो ।

    कतारले बनाएको १ सय २४ रनलाई कुवेतले १० ओभरमा १ सय २७ रन बनाउँदै पूरा गरेको थियो ।

    नेपालले राउन्ड रोबिनको पहिलो खेलमा कुवेतलाई ६ विकेट र कतारलाई ८ विकेटले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार