Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • कर्फ्यु हटाउने वा निरन्तरता दिनेबारे निर्णय गर्न वीरगन्जमा सर्वदलीय बैठक

    कर्फ्यु हटाउने वा निरन्तरता दिनेबारे निर्णय गर्न वीरगन्जमा सर्वदलीय बैठक

    अनलाइन नेपाल
  • आइतबार, ३१ चैत्र २०८१
  • 330
    SHARES

    पर्सा । पर्साको वीरगन्जमा देखिएको तनाव व्यवस्थापन गर्न सर्वपक्षीय बैठक बसिरहेको छ ।

    हनुमान जन्मोत्सवका अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रामा कसैले ढुंगा हानेपछि दुईपक्षबीच झडप भएको थियो ।



    झडप भएपछि वीरगन्जमा शनिबार साँझ ७ः३० बजेदेखि आज आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ । सोही विषय समाधानका लागि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अहिले सर्वपक्षीय बैठक बसिरहेको हो ।

    बिहान साढे ७ बजेदेखि छलफल भइरहेको बताइएको छ । पर्साका प्रशासन प्रमुख, प्रहरी प्रमुखको उपस्थितिमा राजनीतिक दललगायत सरोरकारवाला सबै पक्षलाई सहभागी गराई सर्वपक्षीय बैठक आयोजना गरिएको हो ।

    झडपमा सर्वसाधारण र सुरक्षाकर्मी गरेर ३७ जना घाइते भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीतर्फ पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना तथा सशस्त्र प्रहरीतर्फ प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित ८ जना घाइते भएका छन् । झडपका क्रममा पसलहरूमा तोडफोड र आगजनी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार