काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ ।
महेन्द्रसिंह धोनी कप्तानी जिम्मेवारीमा फर्किएकै दिन हिजो चेन्नई कोलकातासँग आठ विकेटले पराजित भएको हो ।
चेन्नईले दिएको १०४ रनको लक्ष्य पछ्याएको कोलकाताले १० ओभर एक बलमा दुई विकेट गुमाउँदै १०७ रन बनायो । कोलकाताको जीतमा सुनील नारायणले सर्वाधिक ४४ रन बनाए । क्विन्टन डि ककले २३ रन जोडे ।
चेन्नईका नूर अहमद र अन्सुल कामबोजले समान एक विकेट लिए । त्यसअघि एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले नौ विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।
चेन्नईका शिवम दुबेले अविजित ३१ रन बनाए । विजय शंकरले २९ रन जोडे । कोलकाताका सुनील नारायणले तीन विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीले एकरएक विकेट लिए ।
जितसँगै तेस्रो स्थानमा उक्लिएको कोलकाताले ६ खेलबाट ६ अङ्क पुर्याएको छ । चेन्नईको भने यो लगातार पाँचौं हार हो । चेन्नई दुई अङ्कका साथ नवौं स्थानमा छ ।
Leave a Reply