कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महासचिव पोखरेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको बताएका छन् ।
कैलालीको धनगढीमा एमालेको केन्द्रीय कमिटीको आह्वानमा प्रदेश समितिले आयोजना गरेको विशेष जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
उनले पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्ने बताए ।
काठमाडौँको तीनकुनेमा आतङ्क मच्चाउने योजनाकारलाई कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ ।
यस्तै उनले सुदूपश्चिममा विकासको गतीमा अघि बढेको बताए ।
Leave a Reply