Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • लुम्बिनी पुगेर शिक्षकहरुलाई प्रधानमन्त्री ओलीले भने-भावनामा बगेर आन्दोलन नगर्नुस्

    लुम्बिनी पुगेर शिक्षकहरुलाई प्रधानमन्त्री ओलीले भने-भावनामा बगेर आन्दोलन नगर्नुस्

    अनलाइन नेपाल
  • शुक्रबार, २९ चैत्र २०८१
  • 108
    SHARES

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षा ऐन जारी गर्ने बताएका छन् ।

    एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकको समस्या समाधान गर्ने बताए ।



    प्रधानमन्त्री ओलीले भने,‘शिक्षक साथीहरू आन्दोलनमा हुनुहुन्छ, तपाईंहरूका पनि अप्ठ्यारा छन्, समस्या छन्, तिनै अप्ठ्यारा र समस्या समाधान गर्न यो सरकार बनेको हो । लामो समयदेखि ऐन रोकिएर बसेको छ, हामी त्यसलाई ल्याउँछौं भनेकै छौं । भावनामा बगेर समस्या समाधान हुँदैन ।’

    प्रधानमन्त्री ओलीले उपयुक्त समयमा राष्ट्रको हित हुने गरी ऐन कानुन ल्याउने र व्यवस्थित ढंगले सबै समस्याको समाधान गर्ने बताए ।

    शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् ।

    वार्ता र सहमति गर्नेभन्दा पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने शिक्षक महासंघले माग राख्दै आएको छ ।

    हिजो सरकारसंग भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार