काठमाडौं । चेन्नई सुपर किंग्सका पूर्व कप्तान एमएस धोनीले फेरि टोलीको कप्तानी सम्हाल्ने भएका छन् ।
कप्तान ऋतुराज गायकवाड चोटका कारण आइपीएलको १८औं संस्करणबाट बाहिरिएसँगै धोनी फेरि टोलीको कप्तानीमा फर्किएका हुन्।
गायकवाडको कप्तानीमा चेन्नई कमजोर प्रदर्शन गर्दै आएको थियो। टोली अघिल्लो सिजन प्लेअफमा पुग्न असफल भएको थियो भने यो सिजन सुरुवाती ५ खेलमध्ये ४ मा पराजित भइसकेको छ।
हाल चेन्नई अंक तालिकामा १० टोलीमध्ये नवौं स्थानमा रहेको छ ।
Leave a Reply