Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा

    शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा

    अनलाइन नेपाल
  • बिहिबार, २८ चैत्र २०८१
  • 267
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकको माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन्।

    कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरसहित शिक्षक संघका प्रदेश अध्यक्षहरूसँगको छलफलमा सभापति देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका हुन्।



    देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग निरन्तर छलफल गरिरहेको बताएका थिए।

    शिक्षा विभाग प्रमुख महरले पनि कांग्रेस शिक्षकको साथमा रहेको बताएका छन्।

    शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापति लगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गरिरहेको र शिक्षा ऐन विषयमा निकै गम्भीर रहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार