Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • ट्रम्पको पारस्पारिक आयात कर लगाउने निर्णय ९० दिनका लागि रोकियो

    ट्रम्पको पारस्पारिक आयात कर लगाउने निर्णय ९० दिनका लागि रोकियो

    अनलाइन नेपाल
  • बिहिबार, २८ चैत्र २०८१
  • 222
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले एक हप्ताअघि घोषणा गरेको पारस्पारिक आयात कर लगाउने निर्णय ९० दिनका लागि स्थगन गर्ने घोषणा गरेका छन् ।

    तर, यो नियम चीनको हकमा लागु हुने छैन । अमेरिकाले चीनबाट अमेरिकामा आयात हुने मालसामानमा लाग्ने आयात कर यसअघिको १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत बनाएको छ ।



    चीनले अमेरिकी वस्तुको आयातमा ८४ प्रतिशत आयात कर लगाएको भन्दै अमेरिकाले चीनको हकमा आयात करमा ९० दिनको लागि स्थगनको नियम लागु नहुने बताएको छ ।

    पारस्पारिक करको हकमा ९० दिनका लागि स्थगन भए पनि अमेरिकाले घोषणा गरेको आधारभूत १० प्रतिशत आयात कर भने सबै देशविरुद्ध लागु हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार