Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • आईपीएलमा गुजरात शीर्ष स्थानमा उक्लियो

    आईपीएलमा गुजरात शीर्ष स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • बिहिबार, २८ चैत्र २०८१
  • 243
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ ।

    गएराति भएको खेलमा गुजरातले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा अल आउट भयो ।



    जीतसँगै दिल्ली क्यापिटल्सलाई उछिन्दै गुजरात अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

    राजस्थानका सिम्रन हेटमेरले सर्वाधिक ५२ रन बनाए । कप्तान सन्जु सामसनले ४१ र रियान परागले २६ रन जोडे । गुजरातका प्रसिद्ध कृष्णाले ३ विकेट लिए । रसिद खान र साई किशोरले समान २ विकेट लिए ।

    त्यसअघि नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो ।

    गुजरातका साई सुदर्शनले सर्वाधिक ८२ रन बनाए । जस बटलर र शाहरुख खानले समान ३६ रन जोडे । राजस्थानका तुसार देशपाण्डे र महिश थेकसानालेनसमाले समान २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १/१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार