Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • राजसंस्थालाई बदनाम गर्ने प्रयास भईरहेको छ : कमल थापा

    राजसंस्थालाई बदनाम गर्ने प्रयास भईरहेको छ : कमल थापा

    अनलाइन नेपाल
  • बुधबार, २७ चैत्र २०८१
  • 225
    SHARES

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले राजसंस्थालाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

    संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले उक्त आरोप लगाएका हुन्।



    अध्यक्ष थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छाना लगाउने कार्य गरेको बताए ।

    सरकार राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतालाई बदनाम गर्न लागि परेको उनको आरोप छ।

    उनले लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्नेगरी कमाएको सम्पत्ति र भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनका लागि गणतन्त्रवादी दलहरू लागि परेको आरोप लगाए।

    राजतन्त्र पक्षधरहरूले यो समयमा सचेत भएर अगाडि बढ्न नसके आफूहरूको विचार सधैंका लागि समाप्त हुने भन्दै आफूहरूको आन्दोलनका कार्यक्रममा सहभागी हुन उनको अपिल छ।

    केही राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको भन्दै उनले त्यो प्रयास सफल हुन नदिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार