Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • अमेरिकाले लगायो चीनमाथि १०४ प्रतिशत कर

    अमेरिकाले लगायो चीनमाथि १०४ प्रतिशत कर

    अनलाइन नेपाल
  • बुधबार, २७ चैत्र २०८१
  • 210
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाएका छन् ।

    अब चीनमाथिको कूल भन्सार १०४ प्रतिशत पुगेको छ। यसको अर्थ अब अमेरिका आउने चिनियाँ सामानहरूमा १०४ प्रतिशत आयात शुल्क लाग्नेछ।



    चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि अमेरिकाले यो कदम चालेको हो ।

    आफ्नो दोस्रो कार्यकालको शुरूमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए । यसपछि, जब ट्रम्पले सम्पूर्ण विश्वमा कर लगाउने घोषणा गरे, चीनमा थप ३४ प्रतिशत कर लगाइयो।

    अब ५० प्रतिशत भन्सार महसुलपछि कुल आयात महसुल १०४ प्रतिशत पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार