काठमाडौं । तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।
नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाका ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् ।
गत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट करोडौंको क्षति भएको थियो ।
उनीहरुलाई अपराधिक उपद्रव कसुर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट २० दिनको मिलान म्याद थप अनुमति लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।
Leave a Reply