काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताको आक्रोशलाई सामान्य लिन नुहने बताएका छन् ।
कांग्रेस चितवनले मङ्गलबार चितवनमा आयोजना गरेको ३५औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
उनले सरकारले काम गर्न नसक्दा जनता आक्रोशित भएको पनि बताए ।
वर्तमान सरकार गठनका समयमा दुई दलबीच भएको सहमति कार्यान्वयन हुन नसकेको उल्लेख गरे ।
Leave a Reply