Online Nepal
  • बुधबार, १० बैशाख २०८२
  • वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : गगन थापा

    वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : गगन थापा

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 303
    SHARES

    गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेस गुल्मीद्वारा मंगलबार सदरमुकाम तम्घासमा आयोजित तेस्रो जिल्ला सम्मेलन सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    उनले गलत काम गर्ने जो कोही भए पनि त्यसले सजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सिर्जना हुने बताए । सरकारले केही गरेन भन्ने भाष्य चिर्न भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा उनले जोड दिए ।

    उनले प्रधानमन्त्री तथा मन्त्रीहरूले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नुपर्ने उल्लेख गर्दै राम्रो कामको प्रचार गर्न आफूहरू तयार रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार