काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसको बुई चढेर म्याउँम्याउँ गरिरहेको बताएका छन् ।
कोशी प्रदेश कमिटी प्रथम अधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले उक्त आरोप लगाएका हुन् ।
उनले नेता खनालले ओली आफू प्रधानमन्त्री भएपछि कांग्रेसको सहमतिविना केही पनि गर्न नसक्ने टिप्पणी गरे।
नेता खनालले भने, ‘अहिले एमालेको नेतृत्वले कांग्रेससँग साँठगाँठ गरिरहेको छ । जसले कांग्रेसको बुईमा चढेर म्याउँम्याउँ गर्छ । कुनै सुधार र प्रगतिशील नीति कार्यक्रम ल्याउन सकेको छैन । कांग्रेसको सहमतिविना केही पनि गर्न सक्दैन । कांग्रेस यथास्थितिवादभन्दा बाहिर जानै सक्दैन । त्यसैले कम्युनिष्ट पार्टीहरूले पनि यथास्थितिवादमा रहेर कतै जान सकिँदैन।’
उनले ओली अहिले कांग्रेसको बुई चढेर म्याउँम्याउँ गरिरहेको बताए । उनले हिजो माओवादीले पनि सरकारमा हुँदा केही गर्न नसकेको भन्दै तर्क गरे।
Leave a Reply