Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • राप्रपाको खबरदारी सभा बल्खु चोकमा सुरु

    राप्रपाको खबरदारी सभा बल्खु चोकमा सुरु

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 183
    SHARES

    काठमाडौं । बल्खु चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा सुरु भएको छ । काठमाडौंको बल्खु चोकमा बागमती प्रदेशस्तरीय खबरदारी सभा सुरु भएको हो ।

    सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् ।



    कार्यक्रममा नेताहरू पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी छन् ।

    पार्टीको झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थल पुगेका छन् । सभालाई सहभागी शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।

    नेताहरूले सम्बोधन गर्नुअघि कार्यक्रमस्थलमा विभिन्न बाजासहित पञ्चे बाजा समेत बजाइएको छ ।

    गत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि बल्खु आसपासमा कार्यक्रमलाई मध्यनजर गर्दै प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार