Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • शिक्षकहरुले दिउँसै टर्च बालेर सरकारविरुद्ध गरे प्रर्दशन

    शिक्षकहरुले दिउँसै टर्च बालेर सरकारविरुद्ध गरे प्रर्दशन

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 228
    SHARES

    काठमाडौं । आन्दोलनरत शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारविरुद्ध विरोध प्रर्दशन गरेका छन् ।

    शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले टर्च बालेर सरकारविरुद्ध प्रर्दशन गरेका हुन्।



    उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए।

    बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षकहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका थिए।

    गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।

    यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार