Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुत्ता लुकाएर ५० हजार मागेपछि बेहुली नै छाडेर फर्किए जन्ती !

जुत्ता लुकाएर ५० हजार मागेपछि बेहुली नै छाडेर फर्किए जन्ती !

मंगलवार , चैत्र २५, २०८१

एजेन्सी । भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किएको छ। जुत्ता लुकाएको विषयमा विवाद बढेपछि जन्ती रित्तै फर्किएको हो ।

स्थानीय खुर्शीदकी छोरीको विवाह देहरादूनमा सैलुन चलाउने मोहम्मद साबिरसँग हुने तय भएको थियो । शनिबार निकाहपछि विवाहको विधि चलिरहेको थियो। जुत्ता लुकाइको पैसा माग्ने विषयमा विवाद सुरु भयो ।

दैनिक भास्करमा उल्लेख भएअनुसार जुत्ता लुकाएबापत दुलही पक्षले ५० हजार रुपैयाँ मागेको थियो । बेहुला पक्षले यति ठूलो रकम तिर्न अस्वीकार गरेर ५ हजार रुपैयाँ दिने भन्यो ।

बेहुला पक्षले पूरै पैसा दिन अस्वीकार गरेपछि विवाद सुरु भयो। तर बेहुला पक्षले भने दुलही पक्षले बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएको छ। उनीहरूले अपशब्द तथा गाली गलौज गरेको पनि आरोप लगाएका छन्।

तर बेहुलीका परिवारले भने उक्त कुरा अस्वीकार गरेका छन्। बेहुला पक्षले दाइजोमा कार माग गरेको उनीहरुको आरोप छ।विवाद चर्किएपछि उनीहरू प्रहरी चौकीसम्म पुगेर एकअर्काविरुद्ध उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077