Online Nepal
  • आइतबार, १ बैशाख २०८२
  • काठमाडौंका यी स्थानमा हुनेछ सवारी ‘डाइभर्सन’ !

    काठमाडौंका यी स्थानमा हुनेछ सवारी ‘डाइभर्सन’ !

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 360
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्‍याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्ने राप्रपाको तयारी छ ।

    कार्यक्रमलाई मध्यनजर गर्दै आवश्यकताअनुसार सवारीसाधनलाई ‘डाइभर्सन’को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार, खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा सवारी डाइभर्सन गरिनेछ ।

    आवश्यक परेमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सीतापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने जनाइएको छ ।

    कार्यक्रममा सहभागी हुन सवारीसाधन लिएर आउनेका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुक्खा बन्दरगाह, नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा पार्किङको व्यवस्था मिलाइएको छ ।

    साथै नेपाल शिक्षक महासंघले माइतिघर मण्डलामा भेला भइ बानेश्वर र माइतीघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने र सहकारी तथा लघुवित्त पिडितले शान्तिबाटिकामा धर्ना दिने जानकारी प्राप्त भएकाले ती क्षेत्रहरूमा समेत सवारी व्यवस्थापन परिवर्तन हुन सक्ने ट्राफिक महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार