काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको छ ।
मुम्बईको घरेलु मैदानमा हिजो भएको खेलमा सम्पन्न खेलमा मुम्बईले चौथो हार बेहोरेको हो । बेङ्गलुरुले दिएको २२२ रनको लक्ष्य पछ्याएको मुम्बईले नौ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो ।
मुम्बईका तिलक बर्माले ५६ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले ४२ रन जोडे । बेङ्गलुरुका क्रुनाल पाण्ड्याले चार विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलुरुले पाँच विकेट गुमाउँदै २२१ रन बनाएको थियो।
बेङ्गलुरुका ओपनर विराट कोहलीले सर्वाधिक ६७ रन बनाए । कप्तान रजत पाटिदारले ६४ रन जोडे । मुम्बईका ट्रेन्ट बोल्ड र हार्दिक पाण्ड्याले समान दुई विकेट लिए ।
जीतसँगै बेङ्गलुरुले चार खेलबाट ६ अङ्कका साथ तेस्रो स्थानमा यथावत् छ । समान खेलबाट २ अङ्क जोडेको मुम्बई आठौं स्थानमा छ ।
Leave a Reply