Online Nepal
  • आइतबार, १ बैशाख २०८२
  • बल्खुको आमसभामा घुसपैठ भए ठाउँको ठाउँ कारबाही गर्ने राप्रपाको चेतावनी

    बल्खुको आमसभामा घुसपैठ भए ठाउँको ठाउँ कारबाही गर्ने राप्रपाको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 429
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपाले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको छ ।

    सोमबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलेले यस्तो चेतावनी दिएका हुन् ।



    उनले बल्खुमा हुने आमसभालाई शान्तिपूर्ण बनाउन हजारौं स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिए ।

    आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौं स्वयंसेवक खटाइने उनले बताए ।

    उनले मंगलबार ९ बजेबाटै कार्यक्रम स्थल स्वयंसेवकको नियन्त्रणमा हुने भन्दै राज्यपक्ष वा कसैबाट घुसपैठ र हिंसा भड्काउने प्रयास भए ठाउँको ठाउँ कारबाहीको व्यवस्था मिलाइएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार