काठमाडौँ । ‘हेलो सरकार’ को वेबसाइट झन्डै दुई हप्तापछि सञ्चालनमा आएको छ ।
नागरिकले सरकारी संयन्त्र र अन्य विषयमा सरकारसमक्ष आफ्ना गुनासा राख्न प्रयोग गर्दै आएको वेबसाइट सञ्चालनमा आएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सो पोर्टल रुसी ह्याकर समूह ‘घुद्रा’ ले आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको थियो ।
वेबसाइट ह्याक भएको विषयमा अध्ययन गर्न सरकारले समिति गठन गरेको थियो ।
Leave a Reply