काठमाडौं । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेका छन् ।
थाई एअरको उडानमार्फत बैङ्ककबाट काठमाडौं आएका निजलाई अन्तरराष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेपछि आइतबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएका् छ ।
पक्राउ परेका निजलाई आज सार्वजनिक गरिएको र थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।
Leave a Reply