Online Nepal
  • बुधबार, २७ चैत्र २०८१
  • राप्रपाको प्रदर्शनको पूर्वसन्ध्यामा नक्सालमा तीन सुरक्षा निकायबीच संयुक्त बैठक

    राप्रपाको प्रदर्शनको पूर्वसन्ध्यामा नक्सालमा तीन सुरक्षा निकायबीच संयुक्त बैठक

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 795
    SHARES

    काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आह्वान गरेको प्रदर्शनको पूर्वसन्ध्यामा तीन सुरक्षा निकायबीच संयुक्त बैठक बसेको छ ।

    प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त बैठक राखेका छन् ।



    बैठकमा नेपाल प्रहरी प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापासहित तीन वटै सुरक्षा निकायका उच्च अधिकृतहरु सहभागी थिए ।

    बैठकमा समसामयिक सुरक्षा अवस्थाबारे छलफल साथै भावी रणनीतिबारे कुराकानी भएको बताइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार