Online Nepal
  • शनिबार, ३० चैत्र २०८१
  • राजावदी आन्दोलन : जडीबुटी उत्पादन कम्पनीमा आगो लगाउने चारजना पक्राउ

    राजावदी आन्दोलन : जडीबुटी उत्पादन कम्पनीमा आगो लगाउने चारजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 66
    SHARES

    काठमाडौं । राजावादीहरूले गत चैत १५ गते गरेको प्रदर्शनका क्रममा जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीमा संलग्नमध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सन्चोसहितका औषधि उत्पादन गर्दै आएको उक्त कम्पनीमा आगो लगाउनेमध्ये अहिलेसम्म चारजना समातिएका हुन् ।



    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ बस्ने दिनेश खड्का, ताप्लेजुङको फुङलिङ नगरपालिका–३ बस्ने सुशील बराल, रामेछापको गोकुलगंगा गाउँपालिका–२ निवासी केशव बस्नेत र सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन् ।

    खड्का चैत १८ गते बराल र बस्नेतलाई चैत १९ गते र तामाङ आज पक्राउ परेका हुन् । तामाङ तिनै व्यक्ति हुन्, जसले तीनकुनेबाट अराजक हुँदै अघि बढ्ने क्रममा ट्राफिक लाइट र प्रहरी बस्ने बिट पनि तोडफोड गरेका थिए । उक्त भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइल छ ।

    तामाङ ट्राफिक लाइट तोड्दा लगाएको टीसर्ट नै लगाएरै घुमिरहेको अवस्थामा आज पक्राउ परेका हुन् ।

    उता काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरापालिकाकी ३० वर्षीया एनी कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई तीनकुनेमा राजावादीले आगजनी गर्दा जलेका पत्रकार सुरेश रजकको घरमा शंकास्पद छिरेको पाइएपछि पक्राउ गरिएको हो । यद्यपी उनी त्यसघरबाट तल झरेर आगोमा साथीहरुको परेको भन्दै उद्दारको लागि आग्रह गर्दै फेसबुक लाइभ गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार