Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • कारागारबाट रविको चेतावनीपूर्ण सन्देश– पालो सबैको आउँछ

    कारागारबाट रविको चेतावनीपूर्ण सन्देश– पालो सबैको आउँछ

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 441
    SHARES

    कारागार प्रवेश गर्दै रवि लामिछाने ।

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै कानूनले दिएको अधिकार प्रयोग गर्ने बताएका छन् । आज कारागार चलान भएका उनले तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने जनाउ पनि नदिए ।

    लामिछानेले भनेका छन्–‘अदालतको आदेशको सम्मान छ । कानूनले दिएको अधिकार प्रयोग गर्छु, तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु ।’



    न्यायको मन्दिरबाट अन्याय नहुनेमा आफू विश्वस्त रहेको बताएका उनले अघि भनेका छन्–‘तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन् ।’

    उनले पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर बनाउन पार्टीका नेताहरूलाई पनि आग्रह गरेका छन् । ‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुस्,’ उनले नेताहरूलाई भनेका छन् ।

    उनले आफूमाथि राजनीतिक प्रतिशोध भएको भन्दै पालो सबैको आउने बताएका छन् । लामिछानेले भनेका छन्–‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार