धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२, कालिका टोल निवासी २३ वर्षीय करन महरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र त्रिनगर प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले चैत २४ गते करन महरालाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम खैरो हेरोइन फेला पारेको हो ।
बरामद गरिएको हेरोइन आवश्यक प्रक्रिया पुर्याई रितपूर्वक बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ।
पक्राउ परेका महरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ ।
Leave a Reply