Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • कारागार जादैगर्दा रविले भने – अदालतको आदेशप्रति सम्मान छ

    कारागार जादैगर्दा रविले भने – अदालतको आदेशप्रति सम्मान छ

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 459
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति रवि लामिछाने कारागार चलान हुँदै गर्दा अदालतको आदेशप्रति संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

    कारागार चलानको क्रममा लामिछानेले भनेका छन्–‘अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ ।’



    गत शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले गरेको आदेशलगत्तै पक्राउ परेका लामिछानेलाई सोमबार कारागार चलान गरिएको हो ।

    उनलाई शनिबार भैरहवा लगिएको थियो । सार्वजनिक विदाका कारण शनिबार र आइतबार हिरासतमा बिताएका लामिछाने सोमबार कारागार चलान भएका हुन् ।

    जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार