Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • रविलाई कारागारको ४ नम्बर ब्लकमा एक्लै राखियो

    रविलाई कारागारको ४ नम्बर ब्लकमा एक्लै राखियो

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 477
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई  जिल्ला कारागार भैरहवा रुपन्देहीमा एक्लै राखिएको छ ।

    लामिछानेलाई कारागारको ४ नम्बर ब्लकमा एक्लै राखिएको कारागार प्रशासक सुरेश भण्डारीले बताएका छन् ।



    भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अरु कैदी तथा थुनुवाहरू छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो । अहिले रविलाई राखिएको ब्लक भने ४ नम्बर हो ।

    यो ब्लकमा १० जना कैदी बस्ने क्षमता छ । तर, अहिलेसम्म उक्त ब्लकमा अन्य कैदी तथा थुनुवा नरहेको कारागार प्रशासक भण्डारीले बताएका छन् ।
    कारागार चलान हुँदै गर्दा रविले कुनै माग नगरेको र आफूलाई एक्लै राख्नसमेत नभनेको भण्डारीले बताएका छन् ।

    लामिछाने शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका थिए । त्यसरात उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो । चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

    सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार पठाइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार