Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • भन्सार शुल्क घटाउन ५० भन्दा बढी देश ट्रम्पसँग वार्ता गर्न खोज्दै

    भन्सार शुल्क घटाउन ५० भन्दा बढी देश ट्रम्पसँग वार्ता गर्न खोज्दै

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 207
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएका भन्सार शुल्क कम गर्न विश्व समुदायलाई हतार भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

    यसबारे ५० भन्दा धेरै देशले आफूसँग वार्ता गर्न खोजेको दाबी छ । राष्ट्रपति ट्रम्पको कठोर कर नीतिका कारण बजार सुस्त हुने भन्दै विभिन्न देशले यसबारे वार्ता गर्न चाहेको बताइएको छ ।



    तर आफ्ना नीतिहरू कहिल्यै परिवर्तन नहुने भन्दै भन्सार शुल्क अझै बढाउँदै जानेतर्फ ट्रम्प अडिग रहेका छन् ।

    केही देशले प्रतिरोध स्वरुप करको बदला कर नीति अवलम्ब गरेकामा पनि ट्रम्प प्रशासनले चेतावनी दिँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार