Online Nepal
  • आइतबार, ३१ चैत्र २०८१
  • तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

    तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 222
    SHARES

    काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।

    संसद सचिवालयका अनुसार आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।



    बिहान १० बजे सिंहदरबारमा बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।

    यसैगरी, दिउँसो ३ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार