Online Nepal
  • सोमबार, १ बैशाख २०८२
  • सनराइजर्समाथि गुजरातको जित

    सनराइजर्समाथि गुजरातको जित

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 138
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ ।

    हिजोको खेलमा हैदराबादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका कप्तान सुभमन गिलले अविजित ६१ रन बनाए ।



    हैदराबादका मोहम्मद शमीले दुई विकेट लिए । त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रन बनाएको थियो ।

    हैदराबादका नितिशकुमार रेड्डीले सर्वाधिक ३१ रन बनाए । गुजरातका मोहम्मद सिराजले सर्वाधिक चार विकेट लिए । हैदराबादले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै विजयी शुरुआत गरे पनि त्यसयताका चार खेलमा लगातार हार बेहोर्दै अङ्क तालिकाको पुछारमा रहेको छ ।

    पहिलो खेलमा पञ्जाबसँग हारेको गुजरातको भने यो लगातार तेस्रो जीत हो । गुजरात ६ अङ्कसहित दोस्रो स्थानमा छ । समान अङ्क भएको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार