काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राप्रपालाई भृकुटीमण्डपमा आमसभा नगर्न अनुरोध गरेको छ ।
आइतबार राप्रपा बागमती प्रदेश कार्य समितिलाई पत्र पठाउँदै प्रशासनले चैत २६ गते भृकुटीमण्डपमा आमसभा आयोजना गर्न अनुमति नदिने निर्णय गरेको हो ।
यही चैत २६ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आमसभा गर्ने राप्रपा वाग्मती प्रदेश कार्यसमितिको तयारी छ । सोहीअनुसार राप्रपाले प्रशासनलाई पत्र पठाएको थियो ।
तर, प्रशासनले भृकुटीमण्डपमा आमसभा आयोजना गर्न उपयुक्त नभएको जनाएको छ । प्रशासनले आमसभाका लागि सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्न अनुरोध गरेको छ ।
भृकुटीमण्डप क्षेत्रमा शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमलगायत पूर्वनिर्धारित कार्यक्रमहरू रहेकाले राप्रपालाई सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम गर्न प्रशासनले अनुरोध गरेको हो ।
Leave a Reply