Online Nepal
  • सोमबार, १ बैशाख २०८२
  • माओवादीले सबै सहइन्चार्जलाई जिम्मेवारीबाट हटायो

    माओवादीले सबै सहइन्चार्जलाई जिम्मेवारीबाट हटायो

    अनलाइन नेपाल
  • आइतबार, २४ चैत्र २०८१
  • 474
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यसअघि तोकेका सबै प्रदेश सह–इन्चार्जहरूलाई हटाएको छ ।

    माओवादीको हालै बसेको पदाधिकारी बैठकले हालका लागि प्रदेशमा सह–इन्चार्जहरुको पद नराख्ने निर्णय गरेको हो ।



    सहइन्चार्ज रहेका नेताहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यमा निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीहरूको विभाजन गर्ने निर्णय भएको बताइएको छ ।

    यस्तै प्रदेश समन्वय कार्यालय विस्तार गर्नुपर्ने देखिएमा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार